रविन्द्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरेका कानुन व्यवसायी तथा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *