राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।

राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफु नजरबन्दमा रहेको भन्दै अबको कार्यबाहक नेतृत्व गुरुङले गर्ने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमार्फत आन्दोलन जारी राख्न सम्बन्धित दल, संघसंथाहरु र सम्पूर्ण राजावादी समर्थकलाई आह्वान समेत गरेका छन् ।

शुक्रबार भएको राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु तथा आगजनी र तोडफोड भएपछि उनलाई घरमै नजरबन्दमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *