गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन

हेटौँडा । गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ ।

सोमबार एमाले मकवानपुरले हेटौँडामा र्‍यालीसहित सिमाचोमा जागरण सभा गरेको हो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए ।

‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उनले भने । बजार परिक्रमासहित र्‍याली सभामा परिणत भएको थियो । उक्त सभालाई एमालेका केन्द्रीय स्तरका नेताहरू सम्बोधन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *