दुई तिहाईको सरकारले ज्युँदै छोडेको छ यही जीत हो- लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने लामो समयपछि पार्टी कार्यालयमा फर्किएका छन् ।
उनको स्वागतमा पार्टी कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताए । उनले भने, ‘दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत हो ।’
‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’ भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताए ।
लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन् । सोमबार दिउँसो पार्टी कार्यालयमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।