नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । गत शुक्रबार काठमाडौंमा राजावादीहरुले गरेको हिंसात्मक गतिविधिको निन्दा समेत गरे । उनले राजावादीको घटनाबाट मृत्यु भएका पत्रकार शुरेस रजकको मृत्यु घटनाप्रति दुख व्यक्त गरे । यस्तै सांसद भट्टराईले रास्वपा सांसद सन्तोष परियार चढेको गाडी समेत आगजनी गरिएको भन्दै आपत्ति जनाए । कम्युष्टिहरु जन्दमै गणतन्त्रवादी भएको बताए ।

सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई हात नलम्काउन र आखाँ नचम्काउन आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *