पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण: महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यहाँ आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री थापाले कोरोनाबाट थला परेको नेपालको होटल क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने उल्लेख गरे । लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *