प्रचण्डले कोइरालालाई दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर ‘प्रचण्ड’ले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय भएका थिए । उनी राजदूतसमेत भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *