मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ । विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना रहेको एक मन्त्रीले बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए । यस्तै संसदको चालु अधिवेशन बन्दको विषयमा निर्णय गर्ने सम्भावना रहेको पनि ती मन्त्रीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *