बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई अवार्ड

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ ।

यसैगरी, लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे । नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्डले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्‍यो । त्यसैगरी, चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *