राप्रपाका संस्थापक नेता बोहराको निधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा सांसद दिपक बोहराको निधन भएको छ ।

रुपन्देही-१ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *