पत्रकार सुरेश रजकको पोस्टमार्टममा जलेर मृत्यु भएको पुष्टि

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । ‘उहाँको शरीरबाट गोली भेटिएन, मृत्युको कारण जलेर भएको निष्कर्ष निकालियो,’ ‘बाहिर हल्ला भएको जस्तो मारेर जलाएको भन्ने कुरा पोस्टमार्टमको रिपोर्टमा देखिएन । ती चिकित्सकले अगाडी थपे, ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो ।

उहाँको मृत्युको कारण जलेर भएको हो । हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो । रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरू सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका थिए । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । परिवारले केही समयमै शव लैजाने बताएको ती चिकित्सकले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *