पाँच तारा साकोसको आयोजनामा वृहत रक्तदान

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १७ जना रक्तदाताले रक्तदान गरेका थिए । भक्तपुर रेडक्रस सोसाइटीकोे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाले हरेका बर्ष ‘रक्तदान जीवन दान’ भन्ने नारालाई सार्थक बनाउन रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, ब्लड डोनर्स एशोसिएसन नेपाल,काठमाडौंका जिल्ला शाखा अध्यक्ष तिलक अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अथितिहरुले रक्तदातालाई प्रमाण पत्र र टि सट प्रदान गरेका थिए । संस्थाका अध्यक्ष भोला नाथ पाठकले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारी दिवसको अवसरमा हरेक बर्ष रक्तदान गर्दै आएको बताए । रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको उनको भनाई छ । संस्थाले आयोजना गरेको रकदान कार्यक्रममा सहभागी भई पाँच पटक भन्दा बढी रक्तदान गर्ने व्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्लाले ओढाएर संस्थाले सम्मान गर्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *