ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डधारकहरूले अब सेल्सबेरी स्टोरहरूमा प्रत्येक शुक्रबार १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यसबारेमा बैंक र सेल्सबेरीबीच हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, कार्डवाहकहरूले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटा स्टोरहरूमा पोइन्ट अफ सेल मेशिनमार्फत गरिने कारोबारमा हरेक शुक्रबार १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *