प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *