महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै सरकारलाई शिक्षकका समस्या अविलम्ब समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

डा. कोइरालाले लेखेका छन्-

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्।

सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *