सरकारको निर्णय कार्यान्वयमा नआएको भन्दै मेडिकल कलेजका डाक्टरहरु सडक प्रदर्शनमा
काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू सरकारको निर्णय कार्यान्वयनमा नआएको भन्दै कार्यान्वयनको माग लिएर सडक प्रदर्शनमा उर्तिएका छन् ।
आइतबार नेपाल मेडिकल कलेजका आवासीय चितित्सकहरु प्रदर्शनमा उर्तिएका हुन् । गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर उक्त निर्णय सरकारले कार्यान्वयमा नआएपछि आफूहरुमाथि श्रम शोषण भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरूमाथि श्रम शोषण भएको भन्दै सडक प्रर्दशनमा उत्रिएका डाक्टरहरूले माइतीघरमा धर्ना दिएका छन् । उनीहरुले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित सरकारको ध्यानाकर्षण जनाएका छन् ।