सरकारविरुद्ध शिक्षकको सिठ्ठी जुलुस, शान्तिपूर्ण आन्दोलन आज पनि जारी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन आज पनि जारी छ।

शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्। गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित भएका हुन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

महासङ्घले विज्ञप्ति जारी गरी उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणजस्ता काममा संलग्न नहुन शिक्षकहरूलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *