एनी कुँवर पक्राउ
काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् ।
प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कुँवर अभिनेत्री समेत हुन् ।