काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गरेका छन्।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो’ लगायतका नारा लगाएका थिए ।

‘सहकारीको पौने तीन खर्ब रुपैयाँ खाने र सहकारीमार्फत् ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्’ जस्ता प्लेकार्ड पनि बोकेर नाराबाजी गरेका छन् । काठमाडौंमा अहिले विभिन्न मागसहित विभिन्न समूहको प्रदर्शन चलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *