तीनकुने ट्राफिक लाइटमाथि तोडफोड गर्ने एक जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा ट्राफिक लाइट तोडफोड तथा आगजनी घटनामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउ परेका व्यक्ति कुमार तामाङ रहेका छन् । उनलाई भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। तामाङले १५ चैतमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा तीनकुनेस्थित ट्राफिक लाइट तोडफोड गर्नुका साथै जडिबुटी क्षेत्रमा रहेको एक घरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
सो घटनासँग सम्बन्धित रहेर उपत्यका अपराध अनुसन्धान कार्यालयले हालसम्म २७ जनालाई पक्राउ गरिसकेको छ। सबैविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान जारी राखेको छ। प्रहरीले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याइने जनाएको छ।