प्रशासकीय अधिकृतको पुनरागमनसँगै महानगरका कर्मचारीले पाए तलब

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् ।

कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद प्रवेश गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *