‘रवि लामिछानेलाई बिर्सेर नयाँ सुरुवात गरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टी निर्माणमा नयाँ सोचसहित अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले हालै जेल चलान भएका रवि लामिछानेलाई बिर्सेर पार्टीलाई पुनः सुदृढ गर्नुपर्ने धारणा राखेका छन् । ढकालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका विचारमा लामिछानेको भूमिकालाई आलोचनात्मक रूपमा प्रस्तुत गर्दै अबको यात्रा स्पष्ट उद्देश्यसहितको संस्थागत पार्टी निर्माणतर्फ हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्-

काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।

रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुइ-चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन । झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *