रवि लामोछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् ।
सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् । जिल्ला कारागारका प्रशासकका अनुसार लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेलाई हाल एक्लै राखिएको छ । पछि कैदीबन्दीको संख्या थप भएमा अरूलाई पनि रविसँगै राखिने बताइएको छ ।
अदालतले कारागार चलान गरेपछि लामिछानेको स्वास्थ्य परिक्षण गरेपछि कारागारभित्र पठाइएको हो ।