राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थाले
काठमाडौँ । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् ।
राप्रपालाई बागमती प्रदेशस्तरीय सभाका लागि प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् । बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।
तस्बिरहरु (सुजन भुर्तेल)




