लक्ष्मी महिला साकोसको २७ औं स्थापना दिवस

काठमाण्डौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस मनाएको छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा रहेका थिए । अध्यक्ष सापकोटाले दिगो र स्थायी संस्था बनाएर सदस्यहरुको जीवनस्तर उकास्न संस्था लाग्नु पर्ने बताए । उनले सहकारी अध्यादेश र राष्ट्र बैंकद्धारा जारी निर्देशन तथा मापदण्डको बारेमा जानकारी दिदैँ सो निर्देशन पालनाका लागि सुझाए । कार्यक्रमकी अथिति तथा जिल्ला सहकारी संघकी उपाध्यक्ष शान्ति लामाले जिल्लामा महिलाहरुद्धारा संञ्चालित संस्था मध्ये लक्ष्मी महिला दिगो तथा सक्षम भएको देख्न पाउाँदा गौरवान्वित महशुस भएको बताइन् ।

त्यसैगरी जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष सागरनाथ कपालीले संस्थाले शुरुवाती अवस्था देखि नै समुदायमा आधारित रहेर कार्य गर्दै आएकाले संस्था सबले बन्न सकेको बताए । संस्थाकी सचिव सकुन्तला श्रेष्ठले संस्था स्थापना कालदेखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराएकी थिइन्। संस्था समुदायमा आधारित भएर संञ्चालित भएकाले दिगो र विश्वासिलो संस्थाको रुपमा स्थापित भएका उनको भनाई छ । अध्यक्ष श्रेष्ठले संस्थाको कुल सम्पत्ति ३२ करोड पुुगेको बताउँदै सस्थामा ३ हजार ३ सदस्य सदस्य, ३ करोड शेयर पुँजी र २६ करोड बचत संकलन गरेको जानकरी दिइन् । संस्थाले सामजिक उत्तरदायित्व अन्तरगत सो अवसरमा मठमन्दिरको जर्गेना तथा सरसफाई कार्यक्रम समेत आयेजना गरेको थियो । सो अबसरमा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा मधुमेह तथा प्रेसर जाँच सम्बन्धी हेल्थ क्याम आयोजना गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *