सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।