आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।
आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो । सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ । महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो ।
सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन् ।