क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (क्रेस्ट)को साधारण शेयर सूचीकरण

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१ सय कायम भएको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता (७० प्रतिशत ) शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता (१०० प्रतिशत ) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम चैत २६ गतेको निर्णयानुसार सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीकोे छ । पुनश्च ः धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँबानेश्वर, काठमाडौंबाट हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *