राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक आज (बुधबार) अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बस्न लागेको हो। आजको बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै पार्टीका अधिवेशनबारे र चितवनबाट आरम्भ भएको जनयात्रालाई निरन्तरता दिनेबारे पनि छलफल हुनेछ ।

यसका साथै सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे पनि छलफल हुने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *