हङकङमा आजबाट शुरु चार दिशीय सिरिजमा नेपालको विजय सुरुवात

काठमाडौं । नेपालले हङकङमा आजदेखि शुरु भएको चार देशीय टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले ३३ र बसिर अहमदले ३० रन बनाएका थिए । त्यस्तै कतारका बलर मुजीर उर् रेहमानले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरको कतारले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको थियो । कतारका अलागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाएका थिए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *