एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौं । एनआईसी एशिया बैंक लिमिटेडले निष्काशन गरेको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल निष्काशनमध्ये ३० लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट र २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणलाई बाँडफाँट गरिनेछ।
सर्वसाधारणतर्फको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले २५ कित्ता न्यूनतम र २५ लाख कित्ता अधिकतम आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। क्रेडिट रेटिङ्गमा बैंकले बीबीबीं रेटिङ्ग पाएको छ, जसले मध्यम सुरक्षित लगानी संकेत गर्छ।