कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको समय १५ दिन थपियो

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय १५ दिन थपिएको छ । यसअघि कांग्रेसले क्रियाशील सदस्य नवीकरण गर्ने समयावधि यस वर्षको अन्तिमसम्म तोकेको थियो । तर कांग्रेसले क्रियाशील नवीकरण समयावधि १५ वैशाखसम्मका लागि थप गरेको छ । महामन्त्री गगन थापाले तल्लो तहलाई परिपत्र गरेर समयावधि थपेको जानकारी गराएका हुन् । नवीकरणका लागि लाग्ने शुल्क समेत उल्लेख गरेर महामन्त्री थापाले परिपत्र गरेका हुन् ।

नवीकरण शुल्क दुई सय रुपैयाँ तोकिएको छ । कार्यविधिमा दुई सय रुपैयाँ शुल्क लिन पाउने विधि बनाए पनि कतिपय स्थानमा विगतमा त्यो भन्दा बढी लिने गरिएको थियो । सदस्यता व्यवस्थापन समितिले दुई सय बढी लिन नपाउने निर्णय गरेको छ । कांग्रेसको विधान अनुसार हरेक वर्ष क्रियाशील सदस्यताको नवीकरण गर्नुपर्ने व्यवस्था छ । महाधिवशेन हुने वर्ष भने क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न विधानले दिँदैन । विगतमा विधानले तोकेको अवधिमा क्रियाशील सदस्यता वितरण र नवीकरण हुने गरेको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *