भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंकबिच सहकार्य
काठमाण्डौं । मध्यपुर थिमी नगरपालिका ३ कौशलटारमा रहेको उत्कृष्ट सेवा सुविधा सहित सञ्चालित भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंक लि मुख्य कार्यालयबिच हस्पिटलमा सहुलियतका स्वास्थ्य सेवा उपलब्ध गर्ने सहकार्य भएको छ । उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी श्रेष्ठ र बैंकको तर्फबाट मार्केटिङ प्रमुख बिश्वराज भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार बैंकको कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत छुट पाउने छन् भने बैंकका कर्मचारीहरूले १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन्। भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालले मुटु रोग, स्त्रीरोग लगायत विभिन्न विशेषज्ञ सेवाहरूमा गुणस्तरीय उपचार सुविधा प्रदान गरिरहेको छ। सम्झौताको अवधि ५ वर्ष हुनेछ ।