लुम्बिनी विकास बैंक नेपाल पेमा आवद्ध
काठमाडौं । लुम्बिनी विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन् । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लुम्बिनी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।एनपीएस एनसीएस लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदानगर्दै आएको छ । एनपीएस एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालको अग्रणी विकास बैंकहरु मध्येको लुम्बिनी विकास बैंकले देश भरी रहेका ८९ वटा शाखाहरु र २० एटीएम टर्मिनल मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । लुम्बिनी विकास बैंक ८९ शाखा र २० एटीएम टर्मिनल मार्फत ५ लाख भन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।