थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार (चैत २९) सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो ।

उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम उनले आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *