वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बियो
काठमाडौँ । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ ।
दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो अर्थात शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । तर अवस्था सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको खबर आएको छ ।
हुनमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुई समूहबीच ढुंगा हानाहान भएको थियो । उक्त घटनालाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कफ्र्यु लगाएको थियो ।