एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहक महानुभावले आईफोन १६ जित्न सक्ने छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक मध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहक महानुभावहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *