भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका छोपी चोरी गरेको आरोपमा समातिएकाहरू ती ८ जनालाई प्रहरीले रिहा गरेको हो । स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । उनका अनुसार उनीहरूलाई अहिले हाजिर जमानीमा रिहा गरिएको छ ।

सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलमा राखिएको फलफूल चोरेर भागेका देखिएको थियो । हाजिर जमानीमा छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल छन् । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *