नगरप्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरद्वारा कारबाही

काठमाडौं । कबाडी संकलकको साइकल खोस्ने र उनलाई लछारपछार गर्ने नगर प्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरले कारबाही शुरु गरेको छ ।

आज (बुधबार) बिहान ८ बजे साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगर प्रहरी बलले कारबाही गरेको हो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगर प्रहरीको आलोचना भएको थियो । काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै ती नगरप्रहरीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरी मुख्य कार्यालय तानिएको जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *