नेपालले हङकङलाई ९ विकेटले गर्यो पराजित
काठमाडौँ । नेपालले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।
आज (बुधबार) सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शाहील पटेलले अविजित ४२ र कप्तान नरेन भट्टले अविजित ३९ रन बनाएका थिए भने निरज कुमार यादवले २३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो । हङकङको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली बलर युवराज खत्रीले ४ विकेट लिए भने विपिन प्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले एक विकेट लिएका थिए । हङकङका लागि शिव माथुरले सर्बाधिक ६३ रन बनाएका थिए ।
यो नेपालको जारी प्रतियोगितामा लगातार तेस्रो जित हो । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।