विमानस्थलमा एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन प्रहरीको सरूवा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीको सरूवा भएको छ।
विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए । उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो। उक्त भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको थियो ।
भिडियो भाइरल भएपछि कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो । युएइबाट फर्किएका ओझा आफ्न्तको विवाहका लागि १० दिनको छुट्टी मिलाएर नेपाल आएको पाइएको छ । सोहि क्रममा बिमानस्थलमा खटिएका प्रहरीहरुले उनीमाथि दुर्व्यवहार गरेका हुन ।