देशभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने हर्क साम्पाङको घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशैभरि ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले यस्तो घोषणा गरेका हुन् । उनले आफू र आफ्नो काम मन पराउने जति सबैलाई जोडिन आग्रह समेत गरेका छन् । साथै उनले अबको नेतृत्व आफ्नो हुने र अरूले नसक्ने भन्दै अभियानमा आउन अनुरोध गरेका छन् ।

उनले भनेका छन्- ‘अब देशै भरि हर्क साम्पाङ अ रिभोलुसन टीम बनाउनेछौँ ! मलाई मन पराउने, मेरो विचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला ! मेरो अभियान मन पराउने जति सबै आउनु होला ! अब म दिन्छु नेतृत्व ! अरूले सक्दैन, जान्दैन! देशको माया लाग्छ भने जोडिनुहोला !’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *