रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको आज न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ ।

यसअघि सोमबार यो निवेदन ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट आइतबार दर्ता भएको थियो ।

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *