लामिछानेको रिट संयुक्त इजलासमा पठाउन आदेश

काठमाडौं । रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ ।

आज (मंगलबार) सो रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो । संयुक्त इजलासमा पठाउने आदेशसँगै अब नयाँ पेसी तोकिने भएको छ । कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिइन् । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो ।

पछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *