व्यक्तिगत स्वार्थमा रुमलिएको नेविसंघका भावी चुनौती

आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा रही शहीदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरूको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झन्डा निर्माण गरी स्वयम्भूको सत्तलमा जन्मिएको कुरा सर्वबित नै छन् ।

नेपाल विद्यार्थी सङ्घ निरङ्कुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्ष रही मानव अधिकार, लोकतन्त्र, सामाजिक सद्भाव, स्वतन्त्र न्याय, विधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, आर्थिक, शैक्षिक एवं सामन्त मूलक राष्ट्र निर्माणको अग्रगामी भूमिका निर्वाह गर्दै आएको र गरी रहने प्रतिबद्धता अनुरूप जन्मिएको संस्था नै नेपाल विद्यार्थी सङ्घ हो । नेपाल विद्यार्थी सङ्घले हरेक आन्दोलनको अग्र मोर्चामा रही लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरङ्कुश, ताना शाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी सङ्घका होनहार विद्यार्थी योद्धाहरूले ज्यानको बलिदान दिएको कुरा इतिहासमा प्रस्ट छन् ।

नेपाल विद्यार्थी सङ्घको कलम र मशाल अङ्कित झन्डा मुनि गोलबद्ध रहेका वीर शाहिदहरु कामेश्वर, कुलेश्वास राम, लक्ष्मण, लीला, ठगीराज, श्यामसुन्दर, भरत, खगेन्द्र, रजन गिरि आदि लगायत सयौँ शहीदहरूले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास हामी माझ छर्लङ्ग छ । नेपाल विद्यार्थी सङ्घको इतिहासको विषयमा व्याख्या र विश्लेषण गर्न खोजिएको भन्दा पनि हालको गतिविधि र यथार्थलाई मध्यनजर गरी नियाल्ने प्रयत्न मात्रै गरेको छु । नेपाल विद्यार्थी सङ्घ कुनै व्यक्तिलाई नेतृत्वमा स्थापित गराउने र व्यक्तिगत स्वार्थ पूरा गराउन गुट र उपगुटको लागि जन्मिएको संस्था होइन, नेपाल विद्यार्थी सङ्घ इतिहासको हरेक कालखण्डमा परिवर्तनको लागि सङ्घर्ष गरिएको ऐतिहासिक उपलब्धिहरूको संस्थागत विकास गराउने र राजनीतिक, शैक्षिक, आर्थिक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध विषयहरूको असमानता र असन्तुलनलाई समान र सन्तुलन रहन प्रेरित गराउन र नागरिक अधिकारको सुनिश्चित गराउनको लागि जन्मिएको संस्था हो । नेपाल विद्यार्थी सङ्घको छुट्टै विशेष इतिहास रहेकोले इतिहासको हरेक मोडमा नयाँ ढङ्गले परिवर्तन र क्रान्तिकारी भूमिका रहन नयाँ नेतृत्वको विकास गराउने एक लोकतान्त्रिक नर्सरी पनि हुन । जहाँ नेपाल विद्यार्थी सङ्घ, त्यहाँ शान्ति, समृद्धि र गतिशील एवं परिवर्तनकारीहरूको वैचारिक बहस र नेतृत्व विकासको स्थापित गराउने संगगठन हो ।  नेपाल विद्यार्थी  सङ्घ  हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो र ठुलो इतिहास बोकेको विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेन्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा वैशाख ६ गते भएको थियो। यस सङ्गठन व्यक्तिगत स्वार्थ माथि सम्बन्धी छैन। नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो।   नेपाल विद्यार्थी सङ्घले विगतका दिनहरूमा राजनीतिक, शैक्षिक, आर्थिक तथा सामाजिक क्रान्तिको साथै विद्यार्थीहरूको हक हित एवं अधिकारको सुनिश्चितताको लागि अमूल परिवर्तनको नेतृत्व नेपाल विद्यार्थी सङ्घले गरी आएको छ । जहाँ विद्यालय तथा बिश्व बिधालय , त्यहाँ नेविसङ्घ र नेविसङ्घको क्रान्तिकारिता भन्ने इतिहास हरेक शैक्षिक स्थलहरूमा हिंसा रहित परिवर्तनको विकास गरिएको छ । नेपाल विद्यार्थी सङ्घ विगतको क्रान्तिकारिता परिवर्तनलाई कतै इतिहासको पानामा मात्रै सीमित रहने त होइनन् भन्न सकिने अवस्थाको गतिमा हालको नेतृत्वहरू चुक्न खोज्दछन् । अहिले शैक्षिक राजनीतिक तथा आर्थिक क्रान्तिको लागि नेतृत्व भूमिका रहनुको सट्टा शाहिदको अवमूल्यन र अपमान हुन सक्ने गतिविधिमा तीव्र प्रतिस्पर्धा गरी गुटबन्दी मात्रै नभई गिरोहहरूको मोर्चा संचलान गरिरहेको छ।

सरकारी विद्यालयका शिक्षक एवं शिक्षिकाको लापरबाही शिक्षकको आन्दोलनले विद्यार्थीमा परेको असर एवं राजनीतिकरणको कमजोरीले खस्केको शिक्षा, सरकारी अस्पताल र सरकारी विद्यालयको सेवाप्रति जनविश्वासको कमी, हरेक क्षेत्रमा बढ्दो महँगी, कालोबजारी र भ्रष्टाचार, सरकारी कार्यको सुस्तता आदि जस्ता विषय माथि वैचारिक बहस र सङ्गठनको दृष्टिकोण सहितको सशक्त अभियानको सट्टा गुटबन्दीमा परिणत गर्दै विभिन्न समूहमा रही एकापसमा व्यक्तिगत दुस्साहस राखी नेतृत्वकर्ता नै विचलित र गतिहीन अवस्थामा पुर्‍याउन खोज्दछन् । नेपाल विद्यार्थी सङ्घको स्पष्ट दृष्टिकोण सहित एक सशक्त आन्दोलनको स्वरूप लिनुको सट्टा कुनै कार्यक्रममा अतिथिको माला लगाउने, बाहेक कुनै कार्य हुन नसक्नु दुःखद हो।
“सङ्गठनका लागि अहोरात्र खटिरहेका विद्यार्थी नेताहरूलाई अपमुल्याङकन गरी बिचौलियाको प्रवेश गराई स्ववियु निर्वाचन, क्याम्पस एकाइ तथा जिल्ला कार्यसमिति चयन गरिनु सङ्गठन लाई गतिशील र गुणात्मक मूल्य वाट खस्काउनु सङ्गठनका लागि दुर्भाग्य हो,”

अधिवेशन सम्पन्न गराउन भनी गठित तदर्थ समिति गठन भएको आज तिन वर्ष नाघिसकेको छ, अहिले सम्म पनि अधिवेशनको मिति घोषणा हुनु त का हो कहाँ अधिवेशनको सुरसार नगरी अझै म्याद थपका लाई गुहार गरिरहेको अवस्था छ, यसरी लाखौँ विद्यार्थी माथिको खेलबाड कहिले सम्म? प्रश्न हरूले घेरिरहेको बेला विभिन्न बहानामा चिठ्ठी आतङ्क मच्चाइ रहेका अध्यक्ष दुजाङ् सेर्पाको चरित्र उपर अझै बलियो प्रश्नले घेरिरहेको छ। सङ्गठनको मान मर्यादा, विद्यार्थी हरूको आवाज विपरीत हर कदमको घोर निन्दा र भर्त्सना समेत रहेका छ। “विभिन्न प्रश्न हरूले घेरिरहेका अध्यक्ष शेर्पा विद्यार्थी नेताहरूलाई विदेश भ्रमणमा पठाउने भन्दै मोटो रकम असुल गरेको भनी गम्भीर आरोप, विभिन्न विभाग प्रमुख नियुक्ति मा लेनदेन, प्रतिनिधि पठाउने सर्तमा पनि आर्थिक लेनदेन भएको आरोप लाग्नु र त्यो आरोपको खण्डन समेत नहुनुले थप शङ्का उत्पन्न गराएको छ”

यसरी सङ्गठनको मान मर्यादा विपरीत कार्यहरूले सच्चा क्रान्तिकारी कार्यकर्ता, सङ्गठनका लागि अहोरात्र खटिरहेका विद्यार्थी हरू र सगठमा ठुलो समस्या निम्त्याएको छ। सङ्गठनलाई मजबुत बनाउन सहयोग हुने पक्षहरूमा लगाउनुको साटो शैक्षिक बिचौलियापनको अवधारणा तिर ढल्किनु दुर्भाग्य हो, गौरवशाली इतिहास निर्माण गरेको ने बि सङ्घ अहिले छिन्नभिन्न अबस्थामारहेको छ ! गुटबन्दीका कारण राष्ट्रका जल्दा बल्दा मुद्दा र राष्ट्रियताका मुद्रामा समेत सिङ्गो स्वरूपमा उभिन नसकेको तितो यथार्थ पनि यसले अनुभव गराएको छ, गुट र नेताका फेरोको दलदलमा भासिदा, छलफल, बिचार विमर्श, विद्यार्थी र जनताका मुद्राहरू बिचको प्रतिस्पर्धा शून्य भएर वैचारिक धार अत्यन्त जीर्ण बनेको छ ! फलस्वरूप विद्यार्थी नेता तथा कार्यकर्ता मैदान छाडेर नेताको दैलोलाई कर्मभूमि बनाउन विवश छन्!जसका कारण सङ्घर्ष, आन्दोलन र जिम्मेवारी बाट टाढा रहेको देखिन्छ। आफ्नै मातृ पार्टीको सभापति मात्र हैन पटक पटक देशको प्रधानमन्त्री बन्ने व्यक्ति जन्माउन सफल ने बि सङ्घले पछिल्लो अवस्थामा देशका शैक्षिक ,सामाजिक ,राजनीतिक र आर्थिक मुद्राहरूमा आफ्नो जुझारु उपस्थिति देखाउन सकेको छैन ! नेतृत्व प्रदर्शन गर्न सकेको छैन ! यी सबै अवस्थालाई मनन गरेर आफूभित्रको अव्यवस्था र कमजोरीलाई सुधारेर अघि बढ्ने कुरा नै वर्तमान  नेतृत्वको चुनौती हो, यो चुनौतीलाई पार गर्दै एउटा निश्चित लक्ष तय गरेर परिणाम हात पार्नु नै वर्तमान नेतृत्वको जिम्मेवारी पनि हो, ६ महिना भित्र अधिवेशन सम्पन्न गराउन गठित समितिले आज तिन वर्ष पुग्दा समेत अधिवेशन सम्पन्न गराउन नसक्नु दुःखद अवस्था हो, इतिहासमा पहिलो पटक ने बि सङ्घले १००० नजिकको समिति पाएको छ, विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय गरी सके पछि व्यक्तिहरूका व्यक्तिहरू ब्यबस्थापनमात्र प्रमुख विषय भएर आएको छ  व्यक्तिगत व्यवस्थापनमा मात्र रुमलिरहँदा सङ्गठनको धरातल खस्किँदै गएको छ। इतिहासकै ठुलो सङ्ख्यामा समिति निर्माण हुँदा पनि ५-६ जनामै सीमित जस्तो समिति देखिनाले सङ्गठनको मर्यादा माथि प्रश्न उठेको छ। पद मात्र ओगटेर बस्नु समस्याको समाधान हैन भन्ने कुरा केन्द्रीय समितिमा रहेका साथीहरू ले बुझ्नुपर्ने बेला आएको छ, निकास दिने बाटोमा अघि बढ्न सक्नुपर्छ, भागबन्डाको लागि मात्र विरोध गरे जस्तो गरेर सङ्गठनको बदनाम नगराई निकास दिने निर्णय लाई आत्मसाथ गर्नुपर्दछ।

सङ्गठन निर्माण मा प्राथमिकताकारसाथ ने बि सङ्घले अगाडि बढ्नु पर्छ समयमै अधिवेशन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मुलुकलाई सबै क्षेत्रको भावी नेतृत्व विकास को जग हो स्वबियू त्यसैले यो महत्त्वपूर्ण संस्थामा देश व्यापी परिणाम आफ्नो पक्षमा पार्ने गरी ने बि सङ्घ अगाडि बढ्नू पर्छ, देशभरका क्याम्पस तथा बिश्वबिध्यालयहरूमा आफनोसंगठनलाई अपडेट गर्नु वर्तमान पनि महत्त्वपूर्ण चुनौती हो ! शैक्षिक मुद्दा लाई रोजगारी सँग जोड्दै विद्यार्थी हरूको आवाज लाई मध्यनजर गरी शिक्षा लाई रोजगार मा बदल्न अहिलेको मुख्य चुनौती हो।

सङ्गठनमा अनुशासनको विकास, शिक्षा लाई रोजगार मा बदल्न, शैक्षिक सामाजिक आर्थिक मुद्राहरूमा आफ्नो जुझारु उपस्थिति देखाउन, संस्कृत भाषाको जगेर्ना, मौलिक संस्कृति संरक्षण, स्थानीय आवश्यकता अनुसारको शिक्षामा जोड, आइटी शिक्षा लाई सहज पहुँचमा ल्याउन आजको आधुनिक आवश्यकता रहेको छ। “अबको नेविसंघले पुतलीसडक, रत्नपार्क र प्रदर्शनी मार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि सङ्घ र अन्य विद्यार्थी सङ्गठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ” असक्षम नेतृत्व लाई बिदाइ गर्दै नयाँ नेतृत्व चयन र लोकतान्त्रिक मूल्य मान्यताको गर्भिलो अभ्यास भनेको अधिवेशन हो, अधिवेशनको निश्चितता हो। हाल नेपाल विद्यार्थी सङ्घमा सङ्गठनको हित र समग्र राजनीति बुझ्न खोज्ने समूह र गुट भन्दा पनि सङ्गठनलाई ताहासनहास गराउने गिरोहहरूको समूहले भरिएको सञ्जाल जस्तो देखिन्छ । अब नेपाल विद्यार्थी सङ्घको विधि पद्धति र मूल्य मान्यता रहेको भए अवधिभित्र विभिन्न तहको अधिवेशन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, शैक्षिक, आर्थिक, राजनीतिक दृष्टिकोणसहितको स्पष्ट खाका लिएर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नेतृत्व तह नैतिक रूपमा जिम्मेवार भई विगतको कमीकमजोरी र गलत गन्तव्यलाई सच्याउन समय रहेकोले संस्थागत विकास गराउन सकिएमा वर्तमान नेतृत्वको औचित्यपूर्ण रहने छ।

वैशाख ६ अर्थात् आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा रही शाहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरूले नवीन मार्गको रूपमा जेलभित्र कलम र मशाल अङ्कित झन्डा निर्माण गरेको दिन । नेपाल विद्यार्थी सङ्घको ५६ औँ वार्षिक उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
जय नेपाल ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *