सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ ।

आज मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य अहिलेसम्मकै धेरै हो ।

त्यसैगरी आज चाँदी तोलामा १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *