नेपाल फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो । एन्फाका अनुसार नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफा विन्डो अन्तर्गत मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ ।
फिफा वरियतामा हङकङ १५३औँ स्थानमा छ भने नेपाल हाल १७५औँ स्थानमा रहेको छ ।