ट्राफिकले सर्वसाधारणलाई कुटेको भिडियो भाइरल
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
उक्त भिडियोमा युवाले तपाईँले के गर्नुभएको भनिरहेको सुनिन्छ भने प्रहरीले ‘किन भागेको ?’ भन्दै लखेटेर समात्दै कुटपिट गरेको देखिन्छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीले भिडियोबारे थाहा नभएको र हेर्ने बताएका छन् । यसअघि पनि एक व्यक्तिलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि चार ट्राफिक प्रहरीमाथि छानबिन भइरहेको छ।
शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडियो कहाँको हो भन्ने एकिन भइसकेको छैन् । यस विषयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफूहरुकहाँ भिडियो आएको र सो भिडियोको वास्तविकता बुझ्ने प्रयास भइरहको बताएको छ ।