सत्ता समीकरण फेरबदल हल्लामात्रै हो- सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको प्रतिक्रिया दिएका छन् ।
आज (शुक्रबार) थाइल्यान्डबाट फिर्ता हुने क्रममा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा केहि नभएको प्रतिक्रिया दिएका हुन् । पत्रकारहरुले सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नको जवाफ दिदै सभापति देउवाले सत्ता गठबन्धनमा केहि नभएको प्रतिक्रिया दिएका हुन् । पत्रकारहरुले सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नको जवाफ दिदै केही भएको छैन भनेका थिए ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने दाबी गर्दै कांग्रेसलाई बिना शर्त समर्थन गर्ने बताउदै आएका छन् ।