सरकार परिवर्तनको हल्ला हल्ला मात्रै हो- परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन् । यो भ्रमणमा काँग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो । ‘उहाँको यो स्वास्थ्य चेकअप र व्यक्तिगत भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ उनले भनिन् ।

सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्युजहरू आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *